पोखरा, २१ जेठ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा. सन्तोष पौडेल सर्वसम्मत चयन भएका छन्। सोमबार साँझ बसेको अध्यक्ष मण्डलको बैठकले डा. पौडेलको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा घोषणा गरेको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा अमृता बराल र रामहरि ढकाल सर्वसम्मत भएका छन्। त्यस्तै, महासचिवमा भीमराज सिंह सर्वसम्मत चयन भएका छन् भने उपमहासचिवमा खगराज पोखरेल निर्विरोध बनेका छन्।
सचिव पदमा चन्द्र सुनार, रूपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन्। केन्द्रीय कमिटीका अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको महासंघले जनाएको छ। यो सर्वसम्मत चयनले महासंघभित्र एकता र सहकार्यको सन्देश प्रवाह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


































