दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी, दिप कम्प्युटर इन्स्टिच्युट र क्यापिटल एजुकेशन एण्ड माइग्रेसनको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय आईटी कार्यशाला पोखरा र काठमाडौ दुबै सहरमा सफलतापूर्वक सम्पन्न भएको छ। अजेङ्क्या डीवाई पाटिल युनिभर्सिटी र भेलोसेस कन्सल्टिङ सर्भिसेस (भारत) को प्रायोजनमा तथा विश्वविख्यात प्रविधि कम्पनी माइक्रोसफ्टसँगको सहकार्यमा आयोजित यस कार्यक्रमले विद्यार्थीलाई एआई, भर्चुअल रियालिटी, मेसिन लर्निङ, अग्मेन्टेड रियालिटी र साइबर सुरक्षाजस्ता अत्याधुनिक विषयमा प्रत्यक्ष प्रशिक्षण उपलब्ध गराएको छ।
कार्यक्रमको पहिलो चरण पोखरा इभेन्ट सेन्टरमा भदौ १७ र १८ गते सम्पन्न भयो भने दोस्रो चरण काठमाडौको दियो महलमा भदौ २० र २१ गते सम्पन्न भएको हो। आयोजकका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रम संयोजक दिनेश लामिछानेका अनुसार, दुबै सहरमा ७०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो। पोखरामा पहिलो दिनमै २०० भन्दा बढी विद्यार्थीको सहभागिता भएको र त्यसपछि सहभागिता अझ बढ्दै गएको उनले जानकारी दिए।
विश्व आर्थिक मञ्चको “फ्युचर अफ् जब्स २०२३” प्रतिवेदनले आगामी वर्षहरूमा प्रविधिको प्रयोगसँगै पारम्परिक पेशामा रोजगारी घट्ने तर आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, साइबर सुरक्षा, डाटा साइन्स र बिजनेस इन्टेलिजेन्स जस्ता क्षेत्रहरूमा नयाँ रोजगारीको अवसर तीव्र गतिमा बढ्ने उल्लेख गरेको छ। यसै सन्दर्भमा आयोजना गरिएको यो कार्यशालाले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा आवश्यक ज्ञान र सीप प्रदान गरेको आयोजक संस्थाको भनाइ छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले माइक्रोसफ्टद्वारा प्रस्तुत “Empower Your Career in AI with Microsoft” अवधारणाअन्तर्गत स्नातक तहका B.Tech Computer Science and Engineering on Virtual & Augmented Reality र B.Tech Computer Science and Engineering on Cyber Forensics & Information Security कार्यक्रमबारे जानकारी पाएका थिए। साथै, सहभागीले इमर्सिभ टेक्नोलोजी, डाटा साइन्स, इन्टर्नसिप, छात्रवृत्ति र अन्तर्राष्ट्रिय अवसरबारे प्रत्यक्ष परामर्श पाएका थिए।
दुबै सहरमा सम्पन्न कार्यशालाप्रति विद्यार्थीहरूको उत्साह उच्च रह्यो। धेरैले यसलाई आफ्नो भविष्यलाई दिशा दिने अवसरका रूपमा लिएका छन्। आयोजक लामिछानेका अनुसार, नेपालका विद्यार्थीलाई विश्वस्तरीय शिक्षा र प्रविधि ज्ञानमा पहुँच दिलाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। माईक्रोसफ्टको नेपालको लागी एजुकेशनल राष्ट्रिय पार्टनर समेत रहेको दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी का सिइयो दिनेश लामिछानेले भने हामी छिट्टैनै आईसीटी ज्युनियर नेपाल च्याम्पियनसिप, माइक्रोसफ्ट अफिस स्पेसलिस्ट नेपाल च्याम्पियनसिप, माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियनसिप, एडोबि सर्टिफाइड एसोसिएट (ACA) नेपाल च्याम्पियनसिप, एडोब सर्टिफाइड एसोसिएट (ACA) वर्ल्ड च्याम्पियनसिप, माइक्रोसफ्ट एआई ह्याकाथन कार्यक्रम जस्ता अन्य विभिन्न कार्यक्रमहरु पनि गर्न लागेको जानकारी दिए । लामिछानेले नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित आईटी प्रतियोगिताहरू आयोजना हुँदै आएको जानकारी दिएका छन्। उनका अनुसार ICT Junior Nepal Championship, Microsoft Office Specialist (MOS) World Championship, Adobe Certified Associate (ACA) World Championship र Microsoft AI Hackathon जस्ता प्रतियोगिताहरूले नेपाली विद्यार्थीहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउछन्।
लामिछानेका अनुसार, ICT Junior Nepal Championship डिजिटल साक्षरता सीपमा केन्द्रित राष्ट्रिय स्तरको प्रतियोगिता हो। विद्यार्थीहरूलाई कम्प्युटर आधारभूत ज्ञान, प्रमुख अनुप्रयोग र इन्टरनेट प्रविधिमा परीक्षण गरिन्छ। उनले बताएअनुसार, यो प्रतियोगिताले विद्यार्थीहरूलाई १३ वर्ष पुगेपछि हुने MOS वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुनका लागि आधार तयार गर्ने अवसर प्रदान गर्दै आएको छ। हरेक वर्ष सयौ बढी विद्यार्थी सहभागी हुने यस प्रतियोगितामा ९ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई अवसर दिइन्छ। त्यस्तै, Microsoft Office Specialist (MOS) World Championship को नेपाल चरण सञ्चालन गर्ने अधिकारिक संस्था पनि Deep IT and Educational Consultancy रहेको बताए। यो प्रतियोगिताले विद्यार्थीहरूलाई Microsoft Word, Excel र PowerPoint मा परीक्षण गर्छ। उत्कृष्ट विद्यार्थीहरूले अमेरिकामा आयोजना हुने वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउने जानकारी उनले दिए। “यो प्रतियोगिताले १३० भन्दा बढी देशका चार लाखभन्दा बढी विद्यार्थीहरूको सहभागिता आकर्षित गर्ने गर्दछ,” उनले भने। उनका अनुसार, Adobe Certified Associate (ACA) World Championship पनि नेपालमा आयोजना हुँदै आएको छ। यस प्रतियोगिताले विद्यार्थीहरूको डिजाइन सीपलाई Adobe Photoshop, Illustrator र InDesign मार्फत परीक्षण गर्छ। हरेक वर्ष सयौ प्रतिस्पर्धी सहभागी हुने यस प्रतियोगितामा विजेताहरू अमेरिकामा हुने वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने अवसर पाउँछन्। राष्ट्रिय स्तरका विजेताहरूले पदक, प्रमाणपत्र र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने मौका पाउने उनले बताए।
लामिछानेले हालसालै सुरु भएको Microsoft AI Hackathon को विषयमा पनि जानकारी दिए। उनका अनुसार, यो प्रतियोगिताले सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरी सिर्जनात्मक र प्रभावकारी समाधान निकाल्ने क्षमतामा परीक्षण गर्छ। उनले भने, “AI भविष्य निर्माण गर्ने मुख्य सीप हो, यस प्रतियोगिताले विद्यार्थी, डिभेलपर र उत्साहीहरूलाई नयाँ आविष्कार गर्ने अवसर प्रदान गर्नेछ।” उनले थपे, यी सबै प्रतियोगिताहरू Deep IT and Educational Consultancy को आयोजनामा र Deep Computer Institute को सह–आयोजनामा हुँदै आएका छन्। उनका अनुसार, यस्तो प्रतियोगिताले नेपालका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि गर्नुका साथै प्रविधि क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्न सहयोग पु-याउनेछ।

