पोखरा ५, श्रावण: भारतको युवा टोली विरुद्धको दोस्रो टेस्टमा इङ्गल्यान्डले आइतबार उत्कृष्ट पुनरागमन गरेको छ। दिनको सुरुवातमा भारतीय बलर हाबी हुँदै इङ्गल्यान्डले ४६ रनमा ४ विकेट गुमाइसकेको थियो। तर, कप्तान थोमस रेउएकांश सिंहले उत्कृष्ट अर्धशतकीय पारी खेल्दै टोलीलाई सम्हालेका छन्। पहिलो दिनको खेल सकिँदा इङ्गल्यान्डले ७ विकेटको क्षतिमा २२७ रन जोडेको छ।

इङ्गल्यान्डका प्रारम्भिक ब्याटर बेन डकिन्सएडम थोमसले समान अर्धशतक प्रहार गरे। मध्यक्रमका बेन मेयसले ३१ रन जोड्दा कप्तान रेउले ५९ रनको योगदान दिए। एकांश सिंह ६६ रनमा अविजित छन्। मेयस र रेउले पाँचौँ विकेटका लागि महत्त्वपूर्ण ३४ रनको साझेदारी गरे। त्यसपछि सिंह र रेउले छैटौँ विकेटका लागि ९० रनको साझेदारी गर्दै इङ्गल्यान्डको पारीलाई बलियो बनाए। भारतका लागि आदित्य राउत, आरएस अम्बरिसनमन पुस्पकले समान २-२ विकेट लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0