पोखरा २२, भाद्र। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २४ भदौमा आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनमा दिएको बताएका छन्। सिंहले देशभर जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानुलाई ‘असह्य पीडा’ भनेका छन् र यही परिस्थितिले आफूलाई राजीनामा दिन बाध्य बनाएको स्पष्ट पारेका छन्।

राजीनामा वक्तव्यमा सिंहले भनेका छन्, “नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ।” उनले नागरिकको जीवनभन्दा ठूलो अरु केही छैन भन्ने आफ्नो अटल विश्वास रहेको बताएका छन्। सिंहले समस्या समाधानको एक मात्र बाटो संवाद र सहकार्य भएकोमा आफ्नो विश्वास कायम रहने बताएका छन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो जिम्मेवारी प्रदान गरेकोमा जनमत पार्टी र यसका अध्यक्ष डा. राउतप्रति कृतज्ञता व्यक्त गरेका छन्। सिंहको यो कदमले जेन-जी आन्दोलनको प्रभाव राजनीतिक नेतृत्वमा पनि पर्न थालेको संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0