पोखरा, २९ जेठ। भारतको गुजरातमा दुर्घटनामा परेको एयर इन्डियाको बोइङ विमान ‘एआई १७१’ का पाइलट क्याप्टेन सुमित सभरवालले दुर्घटनाअघि आपतकालीन ‘मे डे’ संकेत दिएका थिए। एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्कमा रहँदा उनले यो संकेत दिएका थिए भने त्यसपछि एटीसीसँग उनको सम्पर्क टुटेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘मे डे’ संकेत एक अत्यन्तै गम्भीर आपतकालीन अवस्थामा प्रयोग हुने अन्तर्राष्ट्रिय मान्य शब्द हो, जसको अर्थ जहाजमा इन्जिन फेल हुनु, आगो लाग्नु, अपहरण हुनु वा अन्य ज्यान जोखिममा पर्ने स्थिति हो। पाइलटले तीन पटकसम्म ‘मे डे’ संकेत गर्दा विमानस्थलका सबै सुरक्षा संयन्त्रलाई सतर्क गराइन्छ।

विमानस्थलमा त्यही आधारमा दमकल, एम्बुलेन्स र उद्धार टोली तयारी अवस्थामा राखिन्छ। दुर्घटनाग्रस्त बोइङ ७८७–८ ड्रीमलाइनरमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए। विमान उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न बाँकी भए पनि पाइलटको आपतकालीन संकेतले घटनाको गम्भीरता दर्शाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0