पोखरा, २९ जेठ। भिजिट भिसा प्रकरणमा देखिएको विवादलाई समाधान गर्न विपक्षी दलहरू एकमत बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै विपक्षी दलहरू छानबिन समिति गठनको मागमा एउटै धारणा बनाएको जानकारी दिएका छन्।

उनका अनुसार ‘भिजिट भिसा’को नाममा भइरहेको मानव तस्करीजस्तो गम्भीर र संगठित अपराधको स्थायी रूपमा निराकरण गर्न संसदीय छानबिन समिति आवश्यक भएको विपक्षीहरूबीच साझा निष्कर्ष रहेको छ। यही मागसहित विपक्षी दलहरूले संसद्मा गृहमन्त्रीको राजीनामाको माग गर्दै निरन्तर अवरोध गरिरहेका छन्।

संसद्मा देखिएको गतिरोध सत्ता र विपक्षबीच सहमति जुट्न नसक्नुको परिणाम हो। भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन सुनिश्चित गर्न समिति गठनमा जोड दिइए पनि सत्ता पक्षले त्यसबारे ठोस प्रतिबद्धता जनाउन अझै बाँकी रहेको विपक्षीहरूको धारणा छ।

उक्त विषयमा सहमति नजुट्दासम्म संसद् सञ्चालन असम्भव देखिएको छ। विपक्षीहरूको एकताको सन्देशले सत्ता पक्षलाई पनि संवादमा आउन दबाब सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0