पोखरा २१, मंसिर। उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको एक गम्भीर सडक दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार, उक्त दुर्घटना राति करिब १० बजे उसु सहरस्थित एक्सप्रेसवेका विभिन्न भागहरूमा क्रमिक रूपमा भएको थियो। यस श्रृंखलाबद्ध दुर्घटनामा पाँच ठूला सवारीसाधन र सातवटा कारहरू आपसमा ठोक्किएका थिए।

घाइतेहरूलाई उद्धारकर्मीहरूले तुरुन्तै अस्पताल पुर्‍याएर आपत्कालीन उपचारको व्यवस्था गरेका छन्। अधिकारीहरूले एकाएक लागेको बाक्लो हुस्सुका कारण दुर्घटनाको सम्भावना बढेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन्। दुर्घटनाको कारण र विस्तृत विवरण पत्ता लगाउन स्थानीय प्रशासनले थप अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0