पोखरा २१, मंसिर। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा समावेशी आयोगका पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमिल्सेना पनि मुछिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायरका लागि विशेष अदालतमा फाइल पेस गरेको छ। स्रोतका अनुसार, तिमिल्सेना नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नियुक्त गरेको तत्कालीन परामर्शदाता टोलीका संयोजक थिए।
अख्तियारले तत्कालीन परामर्शदाता टोलीका अन्य सदस्यहरू, एयरपोर्ट इन्जिनियर डा. पुरूषोत्तम डंगोल र सेवा निवृत्त निर्देशक विनोदानन्द चौधरी (मैथिल बाहुन) विरुद्ध पनि आरोपपत्र दायर गर्ने तयारी गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1































