पोखरा २२, भाद्र। नयाँ पुस्ताका युवा (जेन-जी) को प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये ४०० भन्दा बढीको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये ट्रमा सेन्टरमा भर्ना भएका ११ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा. बद्री रिजालका अनुसार, घाइतेमध्ये पाँच जनाको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

डा. रिजालले अनलाइनखबरसँग कुरा गर्दै ३० जनाभन्दा बढी घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । अस्पतालले मंगलबार ओपीडी सेवा र नियमित शल्यक्रियाहरू बन्द गरेर प्रदर्शनका घाइतेहरूको उपचारमा सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । “हिजोको प्रदर्शनमा घाइते भएका बिरामी र आकस्मिक केसका मात्रै शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ,” उनले भने । घाइतेहरूको ज्यान बचाउन हिजो रातभर ११ जनाको शल्यक्रिया गरिएको र आज दिउँसोभर पनि चोटपटक र गोली लागेका बिरामीको शल्यक्रिया जारी रहने डा. रिजालले बताए । यस घटनाले स्वास्थ्य सेवा प्रणालीमाथि पनि ठूलो दबाब सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0