पोखरा ५, श्रावण: आज साउन महिनाको पहिलो सोमबार भएकाले काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ। साउन महिनालाई भगवान शिवको महिना मानिने र सोमबार उहाँको प्रिय बार भएकाले यस दिन विशेषगरी पशुपतिनाथमा दर्शन तथा पूजाअर्चना गर्न व्रतालुहरूको घुइँचो लाग्ने गर्दछ।
आशुतोष भगवान शिवको पूजा तथा आराधनाका लागि यस दिनको विशेष महत्व रहेको छ। नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा रहे पनि पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबारहरूमा विशेष भीड लाग्ने गरेको छ। यस वर्ष साउन महिनामा चारवटा सोमबार परेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





























