पोखरा, २९ जेठ। भारतको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको बी७८७–८ ड्रीमलाइनर विमान दुर्घटनामा परेको घटनापछि नेपाली नागरिक पनि सवार हुनसक्ने आशंकामा नेपाली अधिकारी सतर्क बनेका थिए। तर, दिल्लीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ कि उक्त विमानमा कुनै पनि नेपाली नागरिक सवार थिएनन्।

दुर्घटनापछि दूतावासले भारतीय अधिकारीहरूसँग सम्पर्क गरी यात्रुहरूको विवरण माग गरेको थियो। दूतावासका कन्सुलर सञ्जिव शर्माले भारतीय पक्षले पठाएको यात्रु सूचीअनुसार नेपाली नागरिक नभएको स्पष्ट गरेका छन्। सूचीमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिक मात्र रहेका छन्।

उक्त विमानमा २४२ जना यात्रु सवार थिए भने उडानको केही मिनेटमै विमान दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण हालसम्म खुलेको छैन। घटनापछि विमानमा रहेका सबैको अवस्था गम्भीर रहेको र ठूलो मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस दुर्घटनासँगै नेपाली दूतावासले चासो व्यक्त गर्दै आवश्यक समन्वयमा कुनै कमी नगर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0