पोखरा १, फागुन । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका विभिन्न भू-भागमा मौसममा बदलाब देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। तराईका केही स्थानहरूमा मध्याह्नसम्म बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने देखिएको छ। दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्नेछ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई र उपत्यकाहरूमा तत्काल वर्षाको सम्भावना नरहेकाले वायु प्रदूषणको स्तर बढ्ने भन्दै महाशाखाले सर्वसाधारणलाई सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी तराई क्षेत्रमा बिहानको समयमा यात्रा गर्दा हुस्सुका कारण दृश्यता कम हुन सक्ने भएकाले सवारी चालकहरूलाई सावधानी अपनाउन भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0