पोखरा २१, मंसिर। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पाँच सदस्यीय पूर्णता पाएको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई समिति सदस्यमा मनोनीत गरेसँगै निर्वाचन समितिले पूर्णता पाएको हो।

यसअघि नै खम्बबहादुर खाती संयोजक तथा एगराज पोखरेल र तेज रावल सदस्यका रूपमा समितिमा कार्यरत थिए। खड्काद्वारा दुई नयाँ सदस्यको मनोनयनले अब समितिलाई पूर्ण अधिकारका साथ पार्टीको आन्तरिक निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0