पोखरा २१, मंसिर। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान समयमा देशले धेरै चुनौती र समस्याहरू सामना गरिरहेको भन्दै ती चुनौतीहरूलाई पार लगाउन सबै गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। संसद् सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको समस्यालाई हेरेर मात्रै बस्न नमिल्ने बताए। संघीय संसद राज्यको मुख्य अंग भएकाले मुलुकका समस्या समाधान गर्ने ठूलो जिम्मेवारी यसको काँधमा रहेको उनको भनाइ थियो।

अध्यक्ष दाहालले यो जिम्मेवारीबाट पन्छिन नहुने र सबैले यसलाई हार्दिकताका साथ स्वीकार गरेर अगाडि बढ्नुपर्ने प्रेरणा मिलोस् भन्दै आह्वान गरे। उनले संघीय संसद् सचिवालयका कर्मचारीहरूलाई हरेक समस्या समाधानका लागि एकताबद्ध भएर सामना गर्दै अघि बढ्न पनि आग्रह गरे। दाहालले जिम्मेवारीबोधको महत्त्वमाथि जोड दिँदै भने, “जिम्मेवारीबोध भन्ने कुरा ठूलो र सानो हुँदैन। हामीले जहाँ जति जिम्मेवारी लिएका छौँ, त्यसलाई पूरा गर्नसके सामान्य कर्मचारी पनि ठूलो बन्न पुग्छ। हामी ठूलो कुर्सीमा बसेर जिम्मेवारी पूरा गर्न सकेनौँ भने त्यो ठूलो हुन्छ भन्ने मलाई लाग्दैन।” यसले हरेक तहका कर्मचारीलाई आ-आफ्नो जिम्मेवारी निष्ठापूर्वक बहन गर्न उत्प्रेरित गर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0