पोखरा, ११ असार। गण्डकी प्रदेशसभा सदस्य विन्दु पौडेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बजेटमा समभाव नपुगेको गम्भीर आरोप लगाएकी छन्। उनले मुख्यमन्त्रीलाई उनका सल्लाहकार र सहयोगीले उचित सल्लाह नदिएको कारण यस्तो अवस्था आएको बताउँदै प्रदेशका दुर्गम क्षेत्रका विकासलाई बजेटले पर्याप्त प्राथमिकता नदिएको वताइन्।

पौडेलले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै शिसिर योगीको कविता उद्धृत गरी बजेटलाई ‘कविता जस्तै’ भएको टिप्पणी गरिन्। उनले भनिन्, “नेताको नकटो लुकाइ रहने, जति छन गम्छाहरु, साचोँ भन्दछु देशको जहर हुन झोले र चम्चाहरु,” कविता सुनाउँदै उनले नेतृत्वमा रहेका केही समस्या औँल्याइन्।

मुख्यमन्त्रीलाई समग्र गण्डकी प्रदेशको अभिभावक बन्नुपर्ने भनिएपनि बजेटको सन्दर्भमा उनी सीमित क्षेत्रका मात्र अभिभावक बनेको सांसदको आलोचना छ। दुर्गम क्षेत्रका विकासका योजनामा बजेट नपर्ने र त्यसमा मुख्यमन्त्रीको ध्यान नजाने कुरा उनले चिन्ता व्यक्त गरिन्।

पौडेलले व्यक्तिगत लाभका लागि नभई समग्र प्रदेशको हितमा समभावका साथ बजेट विनियोजन हुनुपर्ने जोड दिइन्। उनले सुझाब दिनेलाई सुन्ने र कार्यान्वयन गर्ने अवस्था नहुँदा विकासमा बाधा आएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0