पोखरा २३, भदौ। गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन्। जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले उठाएका आशा र सुशासनको अपेक्षालाई पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।

गृहमन्त्री गुरुङले सभापति लामिछानेले आफूलाई विश्वास गरेर जेनजीको आशालाई मर्न नदिन र जिम्मेवारीमा बसेर सुशासनको उदाहरण प्रस्तुत गर्न आग्रह गरेको उल्लेख गरे। उक्त विश्वासलाई निरन्तर जगाइराख्ने आफ्नो दृढ संकल्प रहेको उनले बताए।

उनले आफूलाई मन्त्रीको भूमिकामा मात्र नभई जनताको दाइ, भाइ र छोराका रूपमा समेत हेर्ने गरेको उल्लेख गरे। आफू जनताको विश्वास र जिम्मेवारीबाट पछि नहट्ने बताउँदै उनले देशमा फेरि गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने जिकिर गरे। जेनजी आन्दोलनपछि देशमा सुशासन र जनताको सुरक्षाको अपेक्षा बढेको उल्लेख गर्दै उनले जनताको विश्वास कायम राख्न निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0