पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ मौवाखोला नजिकै बिहीबार बिहान पहिरो खसेर सडक अवरुद्ध बनेपछि डोजरको सहायताले पहिरो पन्छाइँदै । तस्बिर ः हीरालाल गुरुङ÷रासस


पोखरा, १४ भाद्र। धादिङको पृथ्वी राजमार्गस्थित बेनिघाट रोराङ गाउँपालिका-१० को बाँदरेमोडमा आज बिहानै गएको सुक्खा पहिरोले सडक अवरुद्ध भएको थियो । माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेपछि दुईतर्फी यातायात पूर्ण रूपमा बन्द भएको थियो, जसले गर्दा राजमार्गमा लामो जाम लागेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, तत्कालै अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पहिरो पन्छाउने काम सुरु गरेको थियो ।

लामो प्रयासपछि पहिरोको केही भाग हटाइएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । यसले गर्दा बिहानैदेखि रोकिएका सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् । यद्यपि, पहिरोको आकार ठूलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । सडकको एकतर्फ मात्रै सवारीसाधन चल्दा जामको समस्या भने यथावत् रहेको छ । यात्रुहरूलाई वैकल्पिक बाटो वा धैर्य गरेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0