पोखरा ४, श्रावण – पर्वत जिल्लामा आएको पहिरोले एकतले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन्। मोदी गाउँपालिका–३, देउरालीको लाङ्दीमा यो दुखद घटना भएको हो, जहाँ ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती पुरिएर बेपत्ता भएका छन्।
वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीका अनुसार उनीहरूकी बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बच्न सफल भएकी छिन्। अविरल वर्षासँगै आएको बाढी र पहिरोले यस क्षेत्रका सडक र खेतीयोग्य जमिनमा समेत क्षति पुर्याएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए। यस क्षेत्रका खोलाहरूमा पनि बाढीको बहावले खतराको तह पार गरेको छ, जसले थप जोखिम बढाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






























