पोखरा १९, असोज। हिन्दुहरूको महान् चाड दशैंको टीका लगाउने क्रम आज आश्विन शुक्ल त्रयोदशी, अर्थात् टीकाको चौथो दिन पनि आफन्त तथा मान्यजनको हातबाट जारी रहेको छ। विशेषगरी विजयादशमीका दिन टीका लगाउन नपाएकाहरूले आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने जनाएको छ, जसले गर्दा यो क्रम विजयादशमी, एकादशी हुँदै पूर्णिमासम्म जारी रहनेछ। यद्यपि, पश्चिम नेपालका केही जिल्लाहरूमा भने विजयादशमीका दिन मात्रै टीका लगाउने प्रचलन छ।

दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने भए पनि यो पर्व टाढा रहेका आफन्तहरूसँग भेटघाट गर्ने र सद्भाव तथा आत्मियता बढाउने अवसरका रूपमा लिइन्छ। पर्व मनाउन काठमाडौं उपत्यकाबाट ६ लाख बढी जन बाहिरिएका थिए। टीका लगाउने क्रम जारी रहँदा दशैं मनाएर उपत्यका फर्कनेहरूको संख्या बढेसँगै केही दिन सुनसानिएको काठमाडौंमा पुनः भीडभाड र चहलपहल बढ्न थालेको छ। यसरी दशैंले धार्मिक महत्वका साथै सामाजिक र पारिवारिक पुनर्मिलनमा पनि ठूलो भूमिका खेल्ने गरेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0