India's Shivam Dube, center, and batting partner Hardik Pandya run between the wickets as Netherlands' Kyle Klein, right, looks on during the T20 World Cup cricket match between India and Netherlands in Ahmedabad, India, Wednesday, Feb. 18, 2026. (AP Photo/Ajit Solanki)


पोखरा ७, फागुन । आइसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई १७ रनको रोमाञ्चक अन्तरले पराजित गरेको छ । बुधबार राति सम्पन्न यो खेलमा भारतले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १७६ रन मात्र बनाउन सक्यो । यस जितसँगै भारतले समूह चरणमा बलियो स्थिति कायम राखेको छ ।

नेदरल्याण्ड्सका लागि बास डे लीडेले सर्वाधिक ३३ रन बनाए, जसमा उनले २३ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे । माइकल लेविटले २४, कोलिन एकरम्यानले २३ तथा म्याक्स ओडाउडले २० रनको योगदान दिए तर पनि टिमले लक्ष्य पूरा गर्न सकेन । भारतको बलिङमा वरुण चक्रवर्तीले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए । शिवम् दुवेले २ विकेट हात पारे भने जसप्रित बुमराह र हार्दिक पाण्ड्याले समान १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले नरेन्द्रमोदी क्रिकेट स्टेडियममा २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो । शिवम दुवेले ३१ बलमा ६ छक्का र ४ चौकासहित ६६ रनको विस्फोटक इनिङ खेले, जसले भारतको स्कोरलाई सम्मानजनक बनायो । कप्तान सूर्यकुमार यादवले ३४, तिलक बर्माले ३१ र हार्दिक पाण्ड्याले ३० रन बनाए । पाकिस्तानविरुद्ध उत्कृष्ट खेलेका इशान किसन भने आज १८ रनमै आउट भए । नेदरल्याण्ड्सका लोगान भ्यान बेकले ४ ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए, आर्यन दत्तले २ तथा काइल क्लेनले १ विकेट हात पारे तर पनि भारतको ब्याटिङलाई रोक्न सकेनन् ।

यो खेलले भारतको बलियो ब्याटिङ र विविध बलिङ आक्रमणलाई एकपटक फेरि प्रमाणित गरेको छ । समूह चरणको अन्तिम खेल जित्दै भारतले नकआउट चरणमा प्रवेश गर्न आत्मविश्वास बढाएको देखिन्छ । नेदरल्याण्ड्सले राम्रो लडाइँ गरे पनि अनुभवको कमीले उनीहरूलाई पछि पार्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0