महाशिवरात्रिको पूवसन्ध्यामा भक्तजनको घुइँचो काठमाडौँ, २ फागुनः महाशिवरात्रि पर्व अघिल्लो दिन शनिबार दिउँसो देखिएको पशुपतिनाथ मन्दिर क्षेत्र दृश्य र भक्तजनजनको घुइँचो। तस्बिरः हरिराम भेटुवाल÷रासस


पोखरा ५, फागुन । यस वर्षको महाशिवरात्रि पर्व समापन भएसँगै पशुपतिनाथ मन्दिर क्षेत्र फोहरको डङ्गुरले विरुप बनेको छ । शिवरात्रिको उपलक्ष्यमा आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गर्ने क्रम सुरु भए पनि मन्दिर परिसरमा थुप्रिएको फोहर व्यवस्थापन हुन नसक्दा स्थानीय र भक्तजनमा आक्रोश बढेको छ । करोडौँको सम्पत्ति भएको र विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र मानिने राष्ट्रदेव पशुपतिको मन्दिर परिसरमा एउटा ठूलो मेला सकिएपछि फोहरको डङ्गुर थुप्रिनु व्यवस्थापकीय कमजोरी भएको भन्दै आलोचना भइरहेको छ । पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य गोपालप्रसाद सुवेदीले कोषले प्रभावकारी व्यवस्थापन गर्न नसक्दा यस्तो लाजमर्दो अवस्था आएको बताउनुभयो ।

पर्वको समयमा आएका लाखौँ भक्तजनले फालेका फूल–प्रसाद, प्लास्टिक र अन्य फोहरका कारण पशुपति क्षेत्र दुर्गन्धित बनेको छ । कीर्तिपुरबाट दर्शनका लागि आएकी लक्ष्मी शर्मा दाहालले शिवरात्रि पछि दर्शन गर्न आउने भक्तजनहरू नाक थुनेर मन्दिर प्रवेश गर्नुपर्ने दुःखदायी अवस्था रहेको गुनासो गर्नुभयो । हजारौँ कर्मचारी भएको कोषले तत्काल फोहर हटाउन नसक्दा यसले संस्थाकै बेइज्जत गरेको आम भक्तजनको बुझाइ छ । यस विषयमा स्पष्टीकरण दिँदै कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले लाखौँको संख्यामा आएका भक्तजनका कारण केही फोहर देखिएको स्वीकार गर्नुभयो । उहाँले सरसफाइको काम सुरु भइसकेको र आउँदो बिहीबारसम्म पशुपति क्षेत्र पूर्ण रूपमा सफा भइसक्ने दाबी गर्नुभयो । हरेक वर्ष हुने यस महामेला पछि फोहर व्यवस्थापनमा हुने ढिलाइले पशुपति आसपासको बस्ती समेत प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0