पोखरा, १३ असार। पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९ औं जन्मदिन विशेष समारोहका साथ निर्मल निवासमा मनाउने भएका छन्। आगामी असार २३ गते आयोजना हुने यस समारोहमा शाहले शुभेच्छुक तथा सर्वसाधारणबाट शुभकामना र अभिवादन ग्रहण गर्ने कार्यक्रम रहेको उनका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिएका छन्। पाठकका अनुसार, यो जन्मोत्सव समारोह ‘जनचाहना अनुसार’ आयोजना गरिएको हो।
शुभकामना दिन चाहने व्यक्तिहरूका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ। यो विशेष अवसरमा पूर्वराजा शाहलाई प्रत्यक्ष भेटेर जन्मदिनको शुभकामना दिन सकिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


































