पोखरा, १० असार। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७८ को विन्दुमा पुगेको हो।

यस दिन बजारमा कुल १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर खरिदबिक्री भए, जसबाट ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ५२ करोड १८ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक घाटा व्यहोरेका छन्। यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। आइतबार बजार पुँजीकरण ४३ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0