पोखरा, १० असार। नेपाली कांग्रेसले प्रतिनिधिसभाको भोलि मंगलबार बस्ने बैठकमा आफ्ना सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन ह्विप जारी गरेको छ। पार्टीका प्रमुख सचेतकले जारी गरेको ह्विपमा भोलि निर्णयार्थ प्रस्तुत हुने बजेटसम्बन्धी प्रस्तावमा तटस्थ नरही पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।
सत्ता पक्षमा रहेका नेपाली कांग्रेसका सांसदहरूलाई संसद्मा निर्णय प्रक्रियामा सक्रिय सहभागी हुन आग्रह गर्दै ह्विप जारी गरिएको हो। यसअघि सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पनि आफ्ना सांसदहरूलाई यस्तै ह्विप जारी गरिसकेको छ।
मंगलबारको बैठक संघीय संसद्को चालु आर्थिक वर्षको बजेट पारित गर्ने दृष्टिले अत्यन्त महत्वपूर्ण हुने भएकोले प्रमुख दलहरूले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिको निर्देशन दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





























