पोखरा, २९ जेठ। यस वर्षको मनसुन प्रणाली नेपालमा पूर्वी भागबाट सुरु भई क्रमशः पश्चिमतर्फ सर्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार २९ गते साँझ ५ बजेसम्म लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुन प्रवेश गरिसकेको छ।

विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि हालसम्म कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुन सक्रिय भइसकेको छ। बाँकी भूभागमा भने आगामी केही दिनभित्र मनसुन प्रवेश गर्ने प्रक्षेपण गरिएको छ।

यसअघि मनसुन प्रणाली गत १५ जेठमा कोशी प्रदेशबाट प्रवेश गरेको थियो। मनसुनको आगमनसँगै देशका विभिन्न भागमा क्रमशः वर्षा बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। विभागले कृषकहरूलाई खेत जोत्न तथा धानको रोपाइँ तयारीका लागि मौसम अपडेट नियाल्न आग्रह गरेको छ।

यस वर्ष मनसुनको प्रस्थान पूर्वबाट भए पनि पश्चिमसम्म विस्तार हुन अझै केही दिन लाग्ने प्रक्षेपण विभागले गरेको छ। लगातारको बादलयुक्त मौसम र तापक्रममा गिरावटले पनि मनसुन नजिकिएको संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0