पोखरा ७, फागुन । देशको सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्लामा विगतका निर्वाचनहरूमा नयाँ प्रयोगहरू हुँदै आएका छन् र यसपटक पनि शिक्षित तथा नयाँ खोज्ने सहरी मतदाताहरूका कारण अप्रत्याशित नतिजा आउन सक्ने विश्लेषकहरूको दाबी छ । राजधानीमा १० वटा निर्वाचन क्षेत्र रहँदा अहिले राजनीतिक माहोल निकै तातिएको छ हरेक गल्ली चोक र घरघरमा उम्मेदवारहरू मत माग्न व्यस्त छन् जनघनत्वका कारण टोलटोल पुग्नै हम्मे परिरहेको छ भने चिया पसल होटल र खाजा घरहरू राजनीतिक छलफलले खचाखच भरिएका छन् ।
२०७४ मा विवेकशील साझा पार्टीलाई यहाँका मतदाताले परीक्षण गरेका थिए भने २०७९ मा पुराना दलप्रतिको असन्तुष्टि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ गएको देखियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले १० मध्ये ५ सिट जित्दा रास्वपाले ४ र नेकपा एमालेले १ मात्र जित्यो । रास्वपाले जितेका केही क्षेत्र २०७४ मा एमालेका थिए । २०७४ मा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपाले उपत्यकाबाट ४ सिट ल्याउँदा कांग्रेसले ६ ल्याएको थियो तर २०७९ मा कांग्रेसले एक गुमायो जुन रास्वपाले लियो ।
माधव नेपाल र प्रचण्डको विभाजनले २०७९ मा प्रभाव पार्यो । काठमाडौं-५ मा २०७४ मा जितेका एमाले उपाध्यक्ष ईश्वर पोखरेललाई २०७९ मा कांग्रेसका प्रदीप पौडेलले हराए । काठमाडौं-२ मा माधव नेपालको २०७४ को जित २०७९ मा रास्वपाकी सोबिता गौतमले लिइन् । समग्रमा एमालेको आकार खुम्चिँदै गएको छ र यसपटक पनि काठमाडौंमा एमाले उम्मेदवारहरूले धेरै जित्ने सम्भावना कम देखिन्छ । रास्वपाले एमालेको शहरी शक्तिलाई कब्जा गरिरहेको छ भने कांग्रेस नेतृत्व परिवर्तनमार्फत नयाँ जोश लिएर आएको छ । माधव नेपाल र प्रचण्डको नेकपालाई उपत्यकामा खासै माया मिल्ने देखिँदैन भने माओवादी केन्द्रले काठमाडौंमा कहिल्यै आफ्नो चिन्हबाट जित हासिल गरेको इतिहास छैन ।
यसपटक काठमाडौं-८ बाट नेकपाका सुमन सायमी जित्ने दाउमा छन् तर रास्वपाका विराजभक्त श्रेष्ठले कडा चुनौती दिइरहेका छन् । २०७४ मा यहाँ एमालेका जीवराम श्रेष्ठ जितेका थिए भने २०७९ मा विराजभक्तले जित्दा सुमन दोस्रो भए । उपत्यकाको हिसाबमा २०७४ मा एमालेले ९ सिट जितेको थियो तर त्यो तालमेलको नतिजा थियो । २०७९ मा एमाले दुई सिटमा झर्यो । स्थानीय निर्वाचनमा बालेन शाहको ६१ हजार ७६७ मतले जितले रवि लामिछानेलाई पार्टी खोल्ने हौसला दियो । २०७९ मा रास्वपाले समानुपातिकमा राम्रो मत पायो प्रत्यक्षमा काठमाडौं ४ ललितपुर १ र चितवन २ बाट जित्यो ।
रास्वपाले काठमाडौंमा ८ सिट जित्ने लक्ष्य राखेको छ कांग्रेसले ७ वा ८ एमालेले ४ वा ५ तर अनामनगरका सन्तोष फागो जस्ता मतदाताले एमालेलाई जित्न गाह्रो हुने बताउँछन् । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले पनि राम्रो समर्थन पाइरहेको छ कुलमान काठमाडौं-३ बाट जित्ने सम्भावित सूचीमा छन् । राप्रपाप्रति पनि विशेषगरी काठमाडौं-१ मा आशा छ । गगन थापाले काठमाडौं छाडेर मधेश गएकाले कांग्रेसको सिट घट्ने अनुमान छ ।
मतदाता गतिशील छन् साइलेन्ट होइनन् त्यसैले नयाँकै पक्षमा नतिजा आउने धेरैको भनाइ छ । डिल्ली बजारका चीनकाजी श्रेष्ठका अनुसार पुराना दलका मत अब रास्वपा उज्यालो नेपाल र राप्रपातिर जाने देखिन्छ । ठमेलकी नम्रता बिक भन्छिन्– कांग्रेसलाई गगनले जोगाए पनि नयाँप्रति बढी रुचाइ छ व्यक्ति हेरेर मत हाल्ने चलन बढ्दो छ । काठमाडौं-१ मा प्रकाशमान सिंहको अभावमा रवीन्द्र मिश्र बलिया छन् रास्वपाकी रन्जु दर्शनाको चर्चा पनि छ । काठमाडौं-२ मा त्रिपक्षीय भिडन्त छ । काठमाडौं-३ मा कुलमान र राजुनाथबीच प्रतिस्पर्धा छ । काठमाडौं-४ मा सचिन राजन र पुकारबीच टक्कर छ । काठमाडौं-५ मा प्रदीप ईश्वर कमल सस्मित र निशाबीच रोचक प्रतिस्पर्धा छ । काठमाडौं-६ मा शिशिर खनाल बलिया छन् । काठमाडौं-७ मा गणेश पराजुलीलाई चुनौती छ । काठमाडौं-८ मा विराजभक्तलाई सुमनले गाह्रो पार्न सक्छन् तर विराजकै पल्ला भारी छ । काठमाडौं-९ मा डिपीलाई अजय क्रान्ति र नानुमैयाले टक्कर दिँदैछन् । काठमाडौं-१० मा हिमाल कार्की बलिया छन् । समग्रमा काठमाडौंमा नयाँ शक्तिको लहर र परिवर्तनको चाहना स्पष्ट देखिन्छ ।


































