पोखरा १७, पौष। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको ११० जना उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। पार्टीले सार्वजनिक गरेको यस सूचीमा अनुभवी पुराना नेताहरूदेखि उच्चपदस्थ व्यक्तिका आफन्तहरूसम्मको वर्चस्व देखिएको छ। पञ्चायतकालदेखि नै पटक-पटक राजकीय शक्तिमा रहेका प्रभावशाली नेता अर्जुननरसिंह केसीलाई सूचीमा समावेश गरिएको छ भने वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल र प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि सूचीमा अटाएको छ। यसका साथै पूर्वमन्त्रीहरू रोमी गौचन थकाली, भीष्म आङ्दम्बे र भीमसेनदास प्रधान जस्ता प्रभावशाली अनुहारहरूलाई पनि पार्टीले समानुपातिकको उम्मेदवार बनाएको छ।

बन्दसूची तयार पार्ने क्रममा पार्टीभित्रको संस्थापन र इतर पक्षबीच तीव्र मतभेद देखिएपछि अन्ततः ६०/४० को भागबण्डाका आधारमा उम्मेदवारहरूको नामावली टुंगो लगाइएको हो। नेता बलबहादुर केसीकी श्रीमती रीना उप्रेती र बहिनी गोमा केसीको नाम समावेश हुनुले पार्टीभित्र पारिवारिक राजनीतिका विषयमा पुनः बहस छेडेको छ। यद्यपि, कांग्रेसले यसपटक अवसरको न्यायोचित वितरणका लागि केही कडा मापदण्डहरू पनि अघि सारेको छ। जसअनुसार २०६४ सालयता समानुपातिक कोटाबाट एकपटक लाभ लिइसकेका व्यक्तिहरूलाई यस पटक सूचीमा नदोहोर्याउने नीति लिइएको छ। साथै, हालका बहालवाला प्रदेशसभा सांसद, स्थानीय तहका निर्वाचित पदाधिकारी र प्रदेश तहमा समानुपातिक सूचीमा रहेका व्यक्तिहरूलाई पनि संघीय संसदको यस बन्दसूचीमा स्थान नदिइएको पार्टीले स्पष्ट पारेको छ।

१. भीमराज आङ्दम्बे — पाँचथर
२. गोपालमान सिंह — मोरङ
३. थलकुमार लिखा — संखुवासभा
४. विजय सोम्बाहाम्फे — तेह्रथुम
५. गीता गुरुङ — सोलुखुम्बु
६. गीताकुमारी सेन्दाङ — ताप्लेजुङ
७. सविता राई — सुनसरी
८. प्रेमिका राना मगर — इलाम
९. निर्मला गुरुङ — सुनसरी
१०. गोमाकुमारी भट्टराई — झापा
११. सुसिला ढकाल आचार्य — झापा
१२. रुक्मिणिदेवी कोइराला — मोरङ
१३. रिना उप्रेती — सोलुखुम्बु
१४. जमिल अख्तर मियाँ — सुनसरी
१५. गोमा केसी — डोल्पा
१६. डा. प्रमिला गच्छदार — मोरङ
१७. मनुमाया विश्वकर्मा — झापा
१८. चन्द्रेश्वर शर्मा खत्वे — सुनसरी
१९. नगमा शाहिद — सुनसरी
२०. चन्दन झा — सप्तरी
२१. मनहरी श्रेष्ठ — धनुषा
२२. सत्यनारायण चौधरी — उदयपुर
२३. रामसुन्दर महतो — धनुषा
२४. कञ्चनकुमारी पासवान — महोत्तरी
२५. निनु कर्ण — महोत्तरी
२६. कविता यादव — महोत्तरी
२७. सुजाता देवी — पर्सा
२८. परिमिला महतो — धनुषा
२९. औरमिला मौर्य यादव — धनुषा
३०. मोहम्मद अन्सार खाँ — सर्लाही
३१. डा. चन्द्रमोहन यादव — धनुषा
३२. महेन्द्र यादव — सप्तरी
३३. रामनरेश कुशवाहा — बारा
३४. राजेन्द्र जयसवाल — बारा
३५. प्रियंका दास — बारा
३६. पवित्रा सुनार — मकवानपुर
३७. सहजान खातुन — रौतहट
३८. शान्ताकुमारी तामाङ — धादिङ
३९. नियति सिंह — काठमाडौं
४०. ग्याल्जे शेर्पा— रामेछाप
४१. पेम्बा छिरिङ तामाङ — रसुवा
४२. सेतमान तामाङ — धादिङ
४३. महिन्द्र थिङ — नुवाकोट
४४. विनोद प्रकाश कायस्थ — भक्तपुर
४५. जगतबहादुर तामाङ — नुवाकोट
४६. गणेशमान चक्रधर — भक्तपुर
४७. भीमसेन दास प्रधान — काठमाडौं
४८. नारायण श्रेष्ठ — काठमाडौं
४९. डा. गंगालक्ष्मी अवाल — भक्तपुर
५०. रेनुका काउचा — बागलुङ
५१. कमला राजभण्डारी — काठमाडौं
५२. शकुन्तला शर्मा — बागलुङ
५३. अर्जुननरसिंह केसी — नुवाकोट
५४. श्रीविनोद भट्टराई — काठमाडौं
५५. सीतादेवी देवकोटा — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)
५६. सीता थपलिया (उर्मिला) — रौतहट
५७. उमा शिवाकोटी — झापा
५८. सर्मिला श्रेष्ठ — मकवानपुर
५९. छिरिङ डोल्मा शेर्पा — दोलखा
६०. नरेन्द्रजंग थापा — सिन्धुली
६१. हरिशरण नेपाली — काठमाडौं
६२. संज्ञा पोखरेल पौडेल — कास्की
६३. जगतबहादुर बराम — गोरखा
६४. आईबहादुर गुरुङ — कास्की
६५. रोमी गौचन थकाली — मुस्ताङ
६६. राधा कार्की — झापा
६७. माया राना — स्याङ्जा
६८. इन्दिरा खनाल — तनहुँ
६९. पार्वती आचार्य — बागलुङ
७०. सरिता घिमिरे — नवलपरासी
७१. सिर्जना मल्ल — पर्वत
७२. सुन्दर स्नेही — बझाङ
७३. रामानन्द चौधरी (ललन) — धनुषा
७४. झकबहादुर पुन — गुल्मी
७५. पुष्पा श्रेष्ठ — रोल्पा
७६. सुनिताकुमारी सुवेदी श्रेष्ठ — नवलपरासी
७७. तोला राना — कञ्चनपुर
७८. डा. चन्द्रमोहन यादव — धनुषा
७९. उषा राउत मिश्र — सिरहा
८०. गंगा शाही — रुपन्देही
८१. कृष्णप्रसाद अधिकारी — पाल्पा
८२. विमला गैरे — कपिलवस्तु
८३. रितासिंह ओली — रुपन्देही
८४. मधुप्रसाद न्यौपाने — दाङ
८५. मिनराज चौधरी — बर्दिया
८६. सन्तप्रसाद चौधरी — रुपन्देही
८७. प्रतिमा चौधरी — बर्दिया
८८. देविका नेपाली — दाङ
८९. ललिता सुनार — अर्घाखाँची
९०. दुखीराम लोनिया — बाँके
९१. मिश्रीलाल यादव — बर्दिया
९२. दिपनारायण वर्मा — बाँके
९३. अंकित मियाँ — कपिलवस्तु
९४. धुर्बहादुर मल्ल — सल्यान
९५. रोम रोकाय — मुगु
९६. कालिबहादुर सहकारी — कालिकोट
९७. पार्वती कुमारी गिरी — सुर्खेत
९८. ताराबहादुर लामा — हुम्ला
९९. सरस्वती श्रेष्ठ — दैलेख
१००. मानबहादुर नेपाली — रुकुम
१०१. हजारी नेपाली वादी — जाजरकोट
१०२. करबिरसिंह कार्की — दार्चुला
१०३. यज्ञनिधि कोइराला — कैलाली
१०४. दिपेन्द्रबहादुर बम — बैतडी
१०५. विद्यादेवी तिमिल्सिना — बाजुरा
१०६. रिताकुमारी चौधरी — कैलाली
१०७. प्रसिस महरा — डोटी
१०८. कल्पना केसी — कञ्चनपुर
१०९. टेकबहादुर विक — अछाम
११०. हरिना कामी — डडेलधुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0