पोखरा २१, मंसिर। अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ उनको करिअरमा सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, यो फिल्मले रिलिजको पहिलो दिन (शुक्रबार) भारतीय बक्सअफिसमा २८.६० करोड भारु नेट कलेक्सन गरेको थियो। दोस्रो दिन (शनिबार) कमाइमा थप उछाल आउँदै फिल्मले ३३.१० करोड भारु नेट कमाएपछि दुई दिनको कुल कलेक्सन ६१.७० करोड नेट भारु पुगेको छ।

साढे तीन घण्टा लामो रनटाइम भए पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएकाले फिल्मको ओपनिङ सप्ताहन्त सुखद देखिएको छ। यसअघि रणवीरको सर्वाधिक ओपनिङ गर्ने फिल्म ‘पद्मावत’ थियो, जसले २४ करोड भारु कमाएको थियो। ‘धुरन्धर’ ले ‘पद्मावत’, ‘शाम्बा’ (२०.७२ करोड भारु) र ‘गली ब्वाइ’ (१९.२६ करोड भारु) को ओपनिङ रेकर्ड तोडेको छ। यति मात्र होइन, ‘धुरन्धर’ ले विश्वव्यापी रूपमा पनि ४० करोड भारु कमाएर रणवीरको अहिलेसम्मकै सर्वाधिक राम्रो विश्वव्यापी कमाइ गर्ने फिल्म बनेको छ। २८० करोड भारुको बजेटमा बनेको र ५,००० स्क्रिनमा रिलिज भएको यस फिल्मले अग्रिम बुकिङमा नै ९.२३ करोड भारु सङ्कलन गरिसकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0