पोखरा २१, मंसिर। ग्रीसको दक्षिणी तट नजिक क्रेट टापुको आसपास एक डुङ्गामा १८ जना आप्रवासी मृत अवस्थामा फेला परेका छन् भने दुई जनाको भने सकुशल उद्धार गरिएको छ। ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब ४८ किलोमिटर दक्षिणमा भेटिएको थियो र सबै १८ मृतकको शव डुङ्गाभित्रै फेला परेको हो।
उद्धार गरिएका दुई व्यक्तिले खराब मौसमका कारण घण्टौँसम्म सुरक्षित स्थान नपाइ सङ्घर्ष गरेको अधिकारीहरूलाई बताएका छन्। प्रारम्भिक जानकारीअनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खानाको अभाव र अत्यधिक चिसोको असरले उनीहरूको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। ग्रीसको तटरक्षकका अनुसार मृतकहरू डुङ्गा फेला पर्नुअघि एक दिनभन्दा बढी समयदेखि मृत अवस्थामा थिए। यस दुःखद घटनाबारे ग्रीसका अधिकारीहरूले अनुसन्धान सुरु गरिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1































