पोखरा २१, मंसिर। आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ निर्वाचन प्रयोजनका लागि आज (आइतबार) पहिलो दिन ३३ वटा राजनीतिक दलहरूले दल दर्ताको निवेदन दिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर २३ गतेसम्म समानुपातिकतर्फको दल दर्ताका लागि निवेदन दिन सकिनेछ। प्राप्त भएका निवेदनहरूमाथि अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ।

आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने समय आगामी पुस १३ र १४ गतेका लागि तोकेको छ। बन्दसूचीको प्रारम्भिक प्रकाशन माघ ४ गते गर्ने र सो उपर दाबी विरोधको छानबिन गरी माघ २० गते अन्तिम प्रकाशन गर्ने कार्यतालिका रहेको छ। विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ११० सदस्यको चयन समानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ। प्रत्यक्षतर्फ १६५ सदस्यका लागि आगामी माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0