पोखरा १९, असोज। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको तेस्रो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको यस शृङ्खलामा नेपाल र मलेसिया दुवैले १-१ को बराबरी गरेका छन्। शृङ्खलाको नतिजाका लागि आजको खेल निर्णायक मोडमा रहनेछ। नेपालले दोस्रो खेलमा ६ विकेटको सानदार जित हासिल गर्दै पहिलो खेलमा भोगेको हारको बदला लिएको थियो।

शनिबार भएको दोस्रो खेलमा नेपाल विजयी भएसँगै शृङ्खला बराबरीमा पुगेको हो। उक्त खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले नेपाललाई ९२ रनको लक्ष्य दिएको थियो। नेपालले सो लक्ष्य १६.२ ओभरमा मात्र चार विकेटको क्षतिमा ९३ रन बनाउँदै सहजै पूरा गरेको थियो। यसअघि बिहीबार भएको पहिलो खेलमा भने नेपालले दुःखद हार बेहोरेको थियो। १०५ रनको लक्ष्य पछ्याएको नेपाली टिमले २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिएको थियो, जसका कारण नेपाल तीन रनले पराजित हुन पुगेको थियो। आज हुने तेस्रो खेलमा विजयी भई शृङ्खलामा २-१ को अग्रता लिने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रनेछ। नेपाली महिला टिमको प्रदर्शनमा सबैको ध्यान केन्द्रित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0