पोखरा १९, असोज। काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित बागमती खोलामा पानीको बहाब एक्कासी बढेपछि नदी किनारमा बसोबास गरिरहेका सयभन्दा बढी सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बल्खु र कुलेश्वरको नदी छेउछाउको बस्तीमा बाढीको पानी पसेपछि उनीहरूको जीवन जोखिममा परेको थियो। सशस्त्र प्रहरी बलले तत्काल सक्रियता देखाउँदै ती विपन्न परिवारलाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा सुरक्षित आश्रयस्थलका लागि सारेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बागमतीमा आएको बाढीको कारण बल्खुस्थित तरकारी बजारमा पनि पानी पसेको र सो बजारसमेत खाली गराइएको जानकारी दिनुभयो। नदीको जलस्तरले खतराको विन्दु पार गरेपछि ठूलो धनजनको क्षति हुन नदिनका लागि बजार र बस्ती खाली गराउने कार्य तत्कालै सम्पन्न गरिएको हो। बाढीको जोखिम कम नभएसम्म स्थानान्तरित परिवारहरूलाई विद्यालयमै राखिने र आवश्यक सहयोग उपलब्ध गराइने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0