पोखरा २२, भाद्र। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई राजीनामा गराउने निर्णय गर्न लागेको छ। पार्टी संसदीय दलको बैठकबाट यो निर्णय हुने लागेको एक सांसदले अनलाइनखबरलाई जानकारी दिएका छन्। जेन-जी युवाको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएपछि विकसित घटनाक्रमलाई ध्यानमा राखेर यो तयारी गरिएको हो।
पार्टी सभापति रवि लामिछानेले सोमबार साँझ नै आफ्ना सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका थिए। प्रतिनिधिसभामा रास्वपाका २१ जना सांसद छन्। यसअघि नै एक सांसद असिम शाहले राजीनामा घोषणा गरिसकेका छन्। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा देशभर प्रदर्शन जारी छ र रास्वपाले यस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





























