पोखरा २२, भाद्र। सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आन्तरिक छलफल सुरु गरेको छ। पार्टीका उपाध्यक्ष अब्दुल खानले भर्खरखबरसँग कुरा गर्दै यसबारे निर्णय लिने प्रक्रिया चलिरहेको जानकारी दिए। यसै सन्दर्भमा, पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई पनि राजीनामा दिन निर्देशन दिएको छ।

उपाध्यक्ष खानले ‘केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने हो’ भनेर बताएका छन्। जनमत पार्टीको यो कदमले वर्तमान सत्ता गठबन्धनमा नयाँ हलचल ल्याउने देखिएको छ। सरकारमाथिको बढ्दो दबाब र जेन-जी प्रदर्शनमा भएको दमनका बीच जनमत पार्टीको यो निर्णयले राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0