पोखरा २२, भाद्र। जेन-जी युवाको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक आह्वान गरेको छ । माओवादी केन्द्रका अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले बोलाएको यो बैठक आज बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा देशको पछिल्लो अवस्था, जेन-जी युवा आन्दोलन र आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ। माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठकले मारिएका सबै १९ जनालाई शहीद घोषणा गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको थियो।

यस घटनापछि देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको थियो। यसैबीच, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी नहुने भएको छ। रास्वपाका प्रवक्ता मनिष झाले आजको गम्भीर अवस्थामा आफ्नो प्राथमिकता पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु रहेको भन्दै बैठकमा सहभागी नहुने बताएका छन्। यसले विपक्षी दलहरूबीच पनि समन्वयको अभाव रहेको संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0