पोखरा २२, भाद्र। जिल्ला प्रशासन कार्यालय ललितपुरले आज (२४ भदौ) बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्मका लागि कर्फ्यु समय थप गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार, ललितपुर महानगरपालिकाका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका विभिन्न क्षेत्रहरूमा शान्ति सुरक्षा कायम राख्नका लागि कर्फ्यु आदेश जारी गरिएको हो । कर्फ्यु आदेशअनुसार, भैंसेपाटी क्षेत्र (वडा नम्बर ४, १८ र २५) मा पूर्वमा भैंसेपाटीबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ र चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोलपम्पभन्दा तल रहेको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओरालो क्षेत्रमा आवागमनमा रोक लगाइएको छ ।

यसैगरी, सानेपास्थित इन्द्राणि मार्ग (वडा नम्बर २) मा पनि भेला, जुलुस, प्रदर्शन र सभा गर्न नपाउने गरी कर्फ्यु लगाइएको छ । सानेपा चोकबाट इन्द्राणी मन्दिर पक्की सडक, बल्खु पुलदेखि मनमोहन पार्कसम्मको बागमती करिडोर सडक, चक्रपथको सर्भिस लेन र इन्द्राणी मन्दिरबाट बागमती करिडोर जाने सडक क्षेत्र यस आदेशमा समेटिएका छन् । च्यासल क्षेत्र (वडा नम्बर ९) मा पनि मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, च्यासल रंगशाला, मनोहरा खोला र पश्चिम मल पोखरी जाने बाटोको बीचको भूभागमा कर्फ्यु लागू गरिएको छ । अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका गतिविधिमाथि रोक लगाइएकोले सर्वसाधारणको दैनिकीमा यसले ठूलो असर पार्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0