पोखरा, १ भाद्र । भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउन लागेका मिश्रीको यो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणका क्रममा उनले प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्नु रहेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, मिश्रीले आफ्नो समकक्षी अमृतबहादुर राईसँग द्विपक्षीय सम्बन्धका विषयमा वार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीको आगामी भाद्र ३१ गतेदेखि असोज १ गतेसम्मका लागि भारत भ्रमणको तयारी भइरहेकोले यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0