पोखरा, १९ श्रावण । पोखरामा दुई दिनसम्म चलेको रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्ट शनिबार सम्पन्न भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार फेस्टको अवलोकन गर्दै फोहोर व्यवस्थापनसँगै हरित रोजगारी सिर्जना हुनु प्रशंसायोग्य भएको बताइन्। उनले यस परियोजनालाई नेपालका अन्य सहरका लागि पनि उदाहरणीय भएको टिप्पणी गरिन्।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा पोखरा महानगरपालिकाले सञ्चालन गरेको रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत यो फेस्ट आयोजना गरिएको थियो। फेस्टमा पुराना प्लास्टिक, सिसा, कपडा लगायतका सामग्रीबाट बनाइएका उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रविधिको प्रत्यक्ष प्रदर्शन र विभिन्न संवाद कार्यक्रमहरू आयोजना गरिएका थिए।

फेस्टको दोस्रो दिन ‘हरित चक्रीय अर्थतन्त्रमा उत्पादकको विस्तारित उत्तरदायित्व’ विषयमा छलफल भएको थियो। यसका साथै कम गुणस्तरका प्लास्टिकलाई घरायसी सामानमा, काठको विकल्पमा र सडक कालोपत्रे गर्न प्रयोग गर्ने प्रविधिका बारेमा विज्ञहरूले प्रस्तुति दिएका थिए। दुई दिनमा करिब ५ हजार जनाले फेस्टको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ। यस परियोजनाअन्तर्गत पोखरामा ‘ग्रिन भेन्चर जोन’ सेन्टरको निर्माण भइरहेको छ र आगामी दुई वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0